Sahara Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली #उपनिर्वाचन #नेकपा ईन्द्रदेव मन्दिर नारायणगढ छ माया छपक्कै कृषिक्षेत्र व्यवसायिक घांँस खेती माग्ने बुढा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Sahara Khabar
No Result
View All Result

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

अपडेट by अपडेट
१२ श्रावण २०७७
91
SHARES
211
VIEWS
FacebookTwitter
जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

पाल्पा, साउन १२ । पाल्पामा जमिन भासिन थालेपछि ३३ घर जोखिममा परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका–३, सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टको चुनढुङ्गा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेपछि ३३ घर जोखममा परेको हो । पहिरोको कारण दुई घर विस्थापित भइसकेका छन् ।

सिद्धार्थ राजमार्गको माथिल्लो भागमा पहिरो र जमिन भासिएपछि यस क्षेत्रका स्थानीयबासिन्दा रातभर सुत्न नपाएको गुनासो गरेका छन् । कतिबेला पहिरो आएर बगाउने हो भन्ने डरले राति निद्रा नै नलाग्ने स्थानीयवासी चमेली थापाले बताउनुभयो । पहिरोले सडक बगाएको छ । तीन चार ठाउँका सडक बगाएर मानिस पैदल हिँड्ने बाटोसमेत छैन ।

स्थानीयवासी मानबहादुर गाहाले घर भासिएको क्षेत्रभन्दा तल्लो भागमा अधिकांश स्थानमा जमिन भासिएको र पहिरो गएकाले आफूहरु जोखिममा रहेको बताउनुभयो । चुनढुङ्गा खानीसम्म पहुँचमार्ग निर्माण मापदण्डविपरित निर्माण गरिएकोले पहिरोको जोखिममा रहेको हो । क्षमताभन्दा बढी चुनढ्ङ्गा ढुवानी र सडक निर्माण गरी जथाभावी माटो फालिएकाले जमिन भासिएको स्थानीयवासीको गुनासो छ ।

स्थानीयवासी कृष्ण पाण्डेयले सडक विस्तार गर्ने क्रममा पहिरोग्रस्त क्षेत्रबाट सडक विस्तार गरिएकोले पहिरोको जोखिम बढेको बताउनुभयो । उहाँले गत वर्ष पनि पहिरो गएको र अहिले ठूलो समस्या हुने बताउनुभयो । सडकको पहिरो सिस्ने खोलामा खसे सिद्धार्थ राजमार्ग, पुल र त्यस क्षेत्रमा ठूलो असर हुने पाण्डेयले बताउनुभयो ।

वडाध्यक्ष प्रेम पाण्डेका अनुसार सडक दुई तर्फबाट जमिन भासिएपछि जोखिम बढेको छ । जोखिम क्षेत्रका स्थानीयवासीलाई सुरक्षितरूपमा व्यवस्थापन गर्ने काम भइरहेको वडाध्यक्ष पाण्डेयले बताउनुभयो । जोखिम क्षेत्रको प्रदेशसभा सदस्य वसन्त घर्ती, गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती, गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठसहितले अवलोकन गर्नुभएको छ।

पहिरो ५० मिटर भन्दा बढी खसेको छ । माथिल्लो भागको सडक पहिरोले तल्लो भागको सडकसमेत बगाएको छ । पहिरोका कारण स्थानीयवासीले घाँसपातका लागि जङ्गल निस्कन समस्या हुँदै आएको गुनासो गर्दै आएका छन् । पाल्पाका अधिकांश स्थानमा पहिरोका कारण ग्रामीण क्षेत्रमा यातायातका साधन सञ्चालन हुन नसक्दा स्थानीयवासी पैदल हिँडन बाध्य भएका छन् ।

फाइल फोटो

Related Posts

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर
समाचार

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग
हेडलाइन

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको
हेडलाइन

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज
हेडलाइन

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै
हेडलाइन

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

हेडलाइन

बाढी, पहिरो र चट्याङका कारण वैशाखयता १८१ जनाकाे ज्यान गयाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

१२ श्रावण २०७७
जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

१२ श्रावण २०७७
एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

१२ श्रावण २०७७
एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

१२ श्रावण २०७७
२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

१२ श्रावण २०७७
उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

१२ श्रावण २०७७
Sahara Khabar

सहारा खबर

  • +977-1-4789076
  • info@saharakhabar.com
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 SaharaKhabar.Com | By: HostMero .