काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय टोलीले हालै एसिड प्रहार गरिएकी ओखलढुङ्गाकी २२ वर्षीया युवती पवित्रा कार्कीलाई भेटेर आएको छ ।
आज पीडित युवतीलाई भेट्न तामाङ सहित अनेरास्ववियूका नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, सुदेश पराजुली र मेघनाथ चापागाईं कीर्तिपुर अस्पताल पुगेका थिए ।
पीडितलाई रु १० हजार नगद राहत समेत उपलब्ध गराइएको अनेरास्ववियू नेता सुरेन्द्र बस्नेतले बताए ।