Sahara Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली #उपनिर्वाचन #नेकपा ईन्द्रदेव मन्दिर नारायणगढ छ माया छपक्कै कृषिक्षेत्र व्यवसायिक घांँस खेती माग्ने बुढा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Sahara Khabar
No Result
View All Result

अबको विद्यार्थी आन्दोलन रचनात्मक हुनुपर्छ ः अनेरास्ववियू जिल्ला संयोजक केसी

अपडेट by अपडेट
३० फाल्गुन २०७६
191
SHARES
445
VIEWS
FacebookTwitter
अबको विद्यार्थी आन्दोलन रचनात्मक हुनुपर्छ ः अनेरास्ववियू जिल्ला संयोजक केसी

अनेरास्ववियू जिल्ला संयोजक जालबहादुर केसी । तस्बिर ः सागर रिजाल /साहाराखबर अनलाईन

जालबहादुर केसी अहिले २९ वर्ष पुग्नुभयो । साविकको डाम्री गाविस हालको नौवहिनी गाउँपालिका ५ जन्मनु भएका केसी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला संयोजक हुनुहुन्छ । गत पुस १८ गतेको निर्णयले उहाँले संगठनको संयोजकको जिम्मेवारी पाउनुभएको हो । दुर्गम तथा सामान्य बस्तीमा जन्मिनुभएका केसी सानै उमेरदेखी जिज्ञासु थिए । उहाँको विद्यार्थी राजनीति कोट्याउँदै जाँदा नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्दा देशमा युद्ध चलेको समयमा घट्नाले आफुलाई राजनीतिको चासो लागेको केसीले स्मरण गर्नुभयो । माध्यामिक तहको शिक्षा अध्ययनका क्रममा ०६२/०६३ सालको जनआन्दोलनमा अग्रज नेताहरुसंग जिल्ला सदरमुकाम खंलगा आएको र त्यसपछि विद्यार्थी राजनीतिमा लाग्नुभयो । ०६३ सालबाट विद्यार्थी राजनीति सुरु गर्नुभएका केसी हाल जिल्ला संयोजकको नेतृत्वमा हुनुहुन्छ । उहाँसंग विद्यार्थी नेतृत्व सम्हाल्न के कस्ता अनुभव बटुल्नुभयो, बर्तमान विद्यार्थी आन्दोलनको अवस्था, विद्यार्थी सहुलियतका विषयमा के काम भएका छन् । जिल्लामा विद्यार्थी एकता प्रक्रियाले कहिले टुङ्गो पाउँछ लगाएतका विषयमा आधारित रहि केसीसंग सहाराखबर अनलाईनकर्मी सागर रिजालले कुराकानी गर्नुभएको छ ।
१) तपाई विद्यार्थी संगठनको नेतृत्वमा कसरी आउनुभयो?
माध्यामिक तहको शिक्षा अध्ययनका क्रममा ०६२/०६३ सालको जनआन्दोलनमा अग्रज नेताहरुसंग जिल्ला सदरमुकाम खंलगा आए । ०६३ सालबाट विभिन्न पार्टीको विद्यार्थी संगठनहरु विद्यालयमा आफ्नो संगठन बिस्तार गर्ने, गाउँ गाउँमा अगुवा युवा भेला गर्ने कार्य तिव्र रहेको अवस्थामा पारिवारिक नाता पर्ने डिलबहादुर थापाले प्रेरणाले अनेरास्ववियुको कमिटीमा आवद्ध भए । निरन्तर रुपमा मलाई अग्रज नेता कमरेडहरुले विद्यार्थी राजनितीमा लाग्ने वातावरण गरिदिनु भएको थियो ।सोही प्रेरणाका कारण प्रारम्भिक कमिटी हुदैँ जिल्ला कमिटी सदस्य , सचिवालय सदस्य, कोषाध्यक्ष , सचिव भई करिब १२ वर्ष अनेरास्ववियुमा काम गर्ने अवसर पाए । हाल पार्टी एकता पश्चात विद्यार्थी संगठनको एकता प्रक्रियाले पूर्णता पाउने क्रममा मलाई पार्टी र संगठनले अर्को महत्वपूर्ण जिम्मेवारीको रुपमा संयोजकको जिम्मा पाएको छु ।
२) बर्तमान विद्यार्थी आन्दोलनको अवस्था के छ?
नेपालको विद्यार्थी आन्दोलन राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, जनजीविकाको सवाल र रुपान्तरणको निम्ती अग्रणी भूमिका निर्वाह गरेको कुरा यहाँहरुलाई अवगतनै छ । नेपालमा भए गरेका विभिन्न खालका परिवर्तनहरुमा नेपाली विद्यार्थी आन्दोलनको भुमिका महत्त्वपूर्ण मानिन्छ । २०३७ सालको जनमत संग्रहको बेला होस,२०४६ सालको जनआन्दोलन होस या ०६२/६३ सालको जनआन्दोलनमा विद्यार्थी संगठनहरुको पनि ठूलो भूमिका रहेको छ । जति बेला राजाले नेपालको शासनसत्ता हस्तक्षप(कु) गरेका थिए सो समयमा पनि विद्यार्थी संगठनहरुले जनताको स्वतन्त्रता र न्यायको निम्ती संघर्ष गरेका कारण नेपाली विद्यार्थीहरुले संगठनहरुलाई साथ र सहयोग गरेका हुन् । यी यावत आन्दोलनका कारण देशमा जनताले आफ्नो शाससनसत्ता प्राप्त गरेका छन् । अहिले प्राप्त गरिएका उपलब्धीहरुलाई संस्थागत गर्ने, कार्यान्वयन गर्न गराउन पहल गर्ने, पहिले गरिएका आन्दोलनका उपलब्धीहरुलाई अब रचनात्मक शैलीले आम विद्यार्थी समुदायमा जाने कुरा नै महत्वपूर्ण रहेको छ । रचनात्मक क्रियाकलापद्वारा समाज परिवर्तन गर्नु मुख्य भुमिका रहेको छ

३) पार्टी एकता मर्म र भावना अनुरुप किन हुन सकेन?
अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नुभएकोमा सागर जी तपाईलाई धन्यवाद । खासगरी नेपालमा शक्तिशाली दुई ठूला कम्युनिष्ट पार्टीहरु एकठाउँमा आउनेकुरा महत्वपूर्ण हो । हाम्रा नेता ज्युहरुले जुन महत्वपूर्ण कार्य गर्नुभयो यसले समग्र कम्युनिष्टका समर्थकहरुमा मात्र होईन सिंगो देशवासीमा पनि खुसीयाली मिलेको छ । यी दुुई पार्टीहरुको आ-आफ्ना कार्यशैली, सैदान्तिक पृष्ठभूमि, कार्यकर्ता व्यवस्थापन, संगठन संरचना फरकफरक शैलिका रहेको थियो । यसलाई एकताबद्ध बनाउन केहि समय ढिलाइ हुन गएको मात्र हो । पार्टी एकता भए लागतै जनसंगठनहरु पनि एकता भएका छन् कतिपय जनसंगठनहरु एकताको प्रक्रियामै छन् । यतिबेला जनताको प्रत्यक्ष जनजीविकासंग जोडिएको विषयलाई मध्यनजर गर्दै आफ्नो क्रियाकलापहरु अगाडी बढिरहेका छन् । पार्टीले जुन भावनासाथ एकता प्रक्रिया अगाडी बढाएको थियो सोही अनुरुप एकताको कामहरु भईरहेका छन् ।
४) विद्यार्थी एकतापछि केन्द र जिल्लातहमा के कति विद्यार्थी आन्दोलन भए?
हाम्रो गौरवय संगठन अनेरास्ववियू लामो ईतिहास अनुभव, नियमित सम्मेलन, संस्थागत निर्णय गर्दै आएका दुई फरक संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी एकता केन्द्र देखी जिल्ला तहसम्म तुङ्गिदै छ । यस क्रममा भारतले आफ्नो दादागिरी देखाउँदै नेपाली भूमि लिपुलेख, लिम्पियाधुरा आदी ठाउँमा अतिक्रमण गरि आफ्नो नक्सा सार्वजनिक गरेको थियो सोहिको विरोधमा आन्दोलन गरि तत्काल नेपाल आफ्नो देशको नक्सा सार्वजनिक गर्न अनुरोधका साथ भारतीय दूतावासमै आन्दोलन भयो । विभिन्न रचनात्मक क्रिषकलापहरु गर्दै विज्ञप्ती, दिपप्रज्वलन, शहिद सप्ताह आदि कार्यमा क्रियाशिल भइ जिल्लामा देखिएका शैक्षिक विसंगती विकृतिको बारेमा ध्यानाकर्षण गर्ने कार्य गरिरहेका छौँ ।

५) विद्यार्थी सहुलियत, यातायातमा विद्यार्थी छुट लगाएतमा तपाईको संगठन किन मौन छ त ?
अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नुभयो । मैले नेतृत्व गरेको संगठन अनेरास्ववियू यस विषयमा कहिले पनि मौन भएन र हुदैँन पनि । केहि समय यता विद्यार्थी संगठनहरुले गर्ने सड्क आन्दोलनमा केहि कमी भए गरेको छ । हामीहरु अब आन्दोलनको मोडालिटी नै फरक तरिकाले गर्नु पर्ने समयको माग र आजको आवस्यक रहेको छ । हिजो हामी देश भित्रका शासक फाल्न र व्यवस्था परिवर्तनको लडाईमा हाम्रो आन्दोलन केन्द्रित रहेको थियो । जुन संकल्प,अठोट, उदेश्य बोकेर आन्दोलन गरेका थियौँ । ती कुराहरु हामीले हाशिल गरिसक्यौ । अब हामीले प्राप्त गरेका उपलब्धीहरुलाई संस्थागत गर्दै रचनात्मक ढंगबाट विश्वबजार सम्म प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरिय शिक्षा प्राप्तीको आन्दोलनमा लाग्ने छौँ । यति भनिरहने बेला विद्यार्थी संगठनले सड्क आन्दोलन पुरै छोडेको पनि छैनौँ । घटना र समय अनुसार आन्दोलनले मोड लिने गर्दछ । केहि वर्ष यता प्युठान जिल्लामा विद्यार्थीहरुले प्राप्त गर्ने यातायात क्षेत्रको छुट कार्यान्वयन भएको छैन । प्युठान जिल्लामा कमिटीले पूर्णता पाए लगत्तै हामी सरोकारवालासंग छलफल गरि विद्यार्थी छटलाई कार्यान्वयन गराउने छौँ ।

६) जिल्लामा विद्यार्थी एकता प्रक्रियाले कहिले पूर्णता पाउँछ?
हिजो हामी फरक–फरक शैलीबाट आन्दोलनमा होमीएका संगठन हौँ । हाम्रा आ–आफ्ना संगठन संरचनाहरु छन् । त्यसलाई उचित व्यवस्थापनका साथ संगठन एकता गर्ने गरि हामी छलफलमा रहेका छौँ । संगठनलाई एकता गर्ने क्रममा समावेशी समानताको आधारमा कुनै भूगोल, क्याम्पस नछुट्याई योग्य साथीहरु समावेश गरि छिट्टैनै जिल्ला कमिटीलाई पूर्णता दिने गरि कार्यमा अगाडी बढेका छौँ । केहि दिन भित्र जिल्लामा अखिललले पूर्णता पाउँने छ ।
हामी एकताको प्रक्रियामा छौ यस अभियानलाई हामिले छिटोभन्दा छिटोले पुणता पाई सके पश्चात जिल्लामा देखा परेका शैक्षिक बिकृती बिसङ्गतीका सवालका विषयमा होस या समग्र प्युठानि विद्यार्थी वर्ग तथा आमजन्समुदायसङ्ग सरोकार राख्ने दैनिकि जिवनयापन सग सम्बन्धित विषयमा हाम्रो आन्दोलन केन्द्रित रहने छ ।
७) अन्त्यमा के भन्न चाहानुहुन्छ ?
अन्त्यमा विद्यार्थी संगठन अनेरास्ववियु जिल्ला संयोजकको हिसाबले मेरो विचार, भनाई राख्न अवसर दिएकोमा यहाँ लगाएत यहाँको अनलाईन परिवारलाई धन्यवाद दिन चाहान्छु । र आगामी दिनमा पनि संगठनमा रहि सक्रिय भएर अगाडि बढ्ने प्रतिवद्धता पनि जनाउन चाहान्छु ।  साथै मेरो यो अन्तर्वार्ता पढेर सल्लाह सुझाव दिनुहुने छ भन्ने बिश्वासका साथ सम्पुर्णमा अभार प्रकट गर्द्छु ।

Related Posts

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर
समाचार

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित
हेडलाइन

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग
हेडलाइन

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको
हेडलाइन

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज
हेडलाइन

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै
हेडलाइन

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

३० फाल्गुन २०७६
जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

३० फाल्गुन २०७६
एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

३० फाल्गुन २०७६
एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

३० फाल्गुन २०७६
२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

३० फाल्गुन २०७६
उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

३० फाल्गुन २०७६
Sahara Khabar

सहारा खबर

  • +977-1-4789076
  • info@saharakhabar.com
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 SaharaKhabar.Com | By: HostMero .

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 SaharaKhabar.Com | By: HostMero .