Sahara Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली #उपनिर्वाचन #नेकपा ईन्द्रदेव मन्दिर नारायणगढ छ माया छपक्कै कृषिक्षेत्र व्यवसायिक घांँस खेती माग्ने बुढा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Sahara Khabar
No Result
View All Result

प्रचण्ड कार्यकारी अध्यक्ष भएपनि उहाँले सहमति बेगर निर्णय लिने अवस्था छैन् ः नेता मणी थापा

पछिल्ला विवादले प्रचण्ड पार्टीभित्र झनै मजबुद हुँदै जानुभएको छ ।

अपडेट by अपडेट
२९ फाल्गुन २०७६
110
SHARES
255
VIEWS
FacebookTwitter
प्रचण्ड कार्यकारी अध्यक्ष भएपनि उहाँले सहमति बेगर निर्णय लिने अवस्था छैन् ः  नेता  मणी थापा

काठमाडौं । सत्तारुढ दल नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मृर्गौला प्रत्यारोपण सफल भएपछि अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आराम गरिरहेका छन् । चिकित्सकका अनुसार उनी सामान्य जीवनमा फर्किन समान्यतया छ महिनादेखि एक वर्ष लाग्ने बताइरहेका छन् ।

प्रधानमन्त्री ओलीको अस्पताल बसाईं लम्बिएसँगै पार्टी र सरकारको काम पनि सुस्ताएको छ । पार्टीभित्र बामदेव प्रकरणले उब्जीएको विवाद समाधान गर्न कुनै पहल भएको छैन् ।

विश्वव्यापीरुपमा आतंकको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र रोकथामबारे सरकारले ठोस धारणा ल्याउन सकेको छैन । यतिबेला नेकपाभित्र अध्यक्ष प्रचण्डको निष्कृयताप्रति विभिन्न टिक्का टिप्पणी हुन थालेको छ ।

यसै विषयमा पछिल्लो समय बामदेव प्रकरणले उब्जाएको विवाद, एकताको बाँकी काम र समसामायीक विषयमा अध्यक्ष प्रचण्डको भूमिकाबारे खबर डबलीको तर्फबाट गणेश पाण्डेले नेकपाका युवा नेता तथा स्थायी कमिटी सदस्य मणि थापासँग कुराकानी गरेका छन् । नेकपाको पछिल्लो गतिविधिबारे थापासँग गरिएको कुराकानीको सम्पादीत अंश :

प्रधानमन्त्री केपी ओलीले अस्पताल भर्ना हुनु अघि पार्टी र सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण प्रवन्ध मिलाइएको बताउनुभएको थियो । तर प्रधानमन्त्री अस्पताल भर्ना भएसँगै पार्टी तथा सरकारको गतिविधि शुन्य प्रायः बनेको छ । नेकपा गतिविधि शुन्य अवस्थामा छ । पार्टीका कार्यकारी अध्यक्षले कुनै पहल लिन सकेको देखिएको छैन् । किन यस्तो भयो ?

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै एउटै व्यक्ति हुँदा सरकार र पार्टीको गतिविधि सुस्त हुनु स्वभाविक हो । सँगै पार्टीभित्र दुईवटा अध्यक्ष भएको कारण पनि सल्लाह, सहमती बेगर राजनीतिक निर्णय लिन मिल्दैन् । पार्टीको कार्यकारी अध्यक्ष प्रचण्ड भए पनि सल्लाह दुवैको चाहिन्छ । पहलकदमी मात्र अध्यक्ष प्रचण्डले लिने हो । सल्लाह त दुवैको आवश्यक पर्छ ।

भर्खरै सम्पन्न नेकपा केन्द्रीय समिति बैठकले तय गरेको कार्यक्रम कोरना भाइरसको प्रकोपले देशमा देखिएको असहज परिस्थितिको कारण स्थगित भएको छ । कतिपय सम्पन्न पनि भएको छ । राजनीति इष्युबाट हेर्दा त्यति फरक पर्दैन । तर, अध्यक्ष भएको नाताले प्रचण्डले कोरोना तथा समसामयीक विषयवस्तुबारे पार्टीभित्र सामान्य छलफल गर्न सकिन्थ्यो । पार्टीभित्र पछिल्लो समय जुन विवाद सिर्जना भयो त्यो समाधान हुन सकेको छैन ।

सामान्य स्थितिमा प्रचण्डले पार्टीभित्र छलफल गराउन सक्नुहुन्छ तर पोलिटिकल इष्यु हुने कुरा भएन । पार्टीभित्र विवादित विषयमा प्रचण्डले एक्लैले निर्णय गर्ने कुरा आएन, गर्नु पनि हुँदैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष बिरामी भएको बेलामा एक्लैले निर्णय गर्दा त्यसको नकारात्मक असर पर्न सक्छ । त्यही भएर अध्यक्ष प्रचण्डले त्यति चाँसो नदेखाएको हुन सक्छ । तर, कोरना भाइस नियन्त्रणमा पार्टीको तर्फबाट चाँसो राख्ने, छलफल गर्ने विषय हुन सक्थ्यो ।

बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने पार्टी सचिवालयको निर्णयलाई चुनौति दिँदै प्रधानमन्त्री ओलीले निर्णय नमान्ने परिस्थितिको सामना गर्ने धम्की दिनुभएको थियो । त्यसलगत्तै माधब नेपाललाई बालुवाटार झिकाएर आफुलाई सहयोग गर्न आग्रह गर्नुभयो । कतिपयले यसलाई प्रधानमन्त्री ओलीले माधब नेपाललाई काखी च्यापरे प्रचण्डलाई कर्नरमा पार्ने रणनीतिको रुपमा अर्थाएका छन् । खासमा अहिले नेकपाभित्र कस्तो राजनीति चलिरहेको छ ?

पछिल्लो समय बामदेवलाई राष्ट्रियसभामा लाने र प्रधानमन्त्रीले नलाने भनिसकेपछि अन्तरविरोधको उत्कर्षमा पुगेको जस्तो देखिए पनि चिन्तित हुने अवस्था छैन । यो प्रकरणले पार्टीभित्र केही असहज स्थिति उत्पन्न भएको छ । यसबारे प्रधानमन्त्री अस्पतालमा भर्ना भएकोले आवश्यक छलफल हुन सकेको छैन ।

राजनीतिमा विभिन्न खेल भइराख्छन् । राजनीति भनेकै नयाँ–नयाँ सम्भावनाको खेल हो । यसलाई स्वभाविक मान्न सकिन्छ । सचिवलयका धेरै सदस्य एक ठाउँ हुँदा प्रधानमन्त्रीलाई केही असहज भएको हुन सक्छ । उहाँलाई आफु अलि आइसोलेसनमा पर्न लागेको हो कि भन्ने चिन्ता लागेको छ ।

राजनीतिमा समिकरण मिलाउने र भत्काउने काम भइराख्छ । बाहिरबाट हेर्दा कतिपयलाई पूर्वएमालेभित्र माधब नेपाललाई प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा पार्न खोजिएको हो कि भन्ने आशंका छ । देखिने गरी त्यस्तो परिणाम पार्टीभित्र आएको छैन । सचिवालयले गरेको निर्णयमा माधब नेपाल अहिलेसम्म अडिकनै रहनुभएको छ । दायाँ–बायाँबाट आउने कुरा त सामान्य विषय हो ।

नेकपाभित्र देखिएको संघर्षलाई दुई अध्यक्षबीचको छलफल र सहमतिबाटै निकास खोजिनु पर्छ । पहिलो कुरा, दुई अध्यक्षबीच एकता हुनु पर्यो । अध्यक्ष आली नै अहिले बिरामी भएकोले छलफल हुन सकेको छैन । केही आशंकाहरु जन्माए पनि अवस्था गम्भिर छैन ।

बामदेव प्रकरणपछि नेकपाभित्र अध्यक्ष प्रचण्डको भूमिका कमजोर भएको कतिपयले आशंका व्यक्त गरेका छन् । वास्तविकता त्यहि हो ?

पार्टीभित्र प्रचण्डको भूमिका कहीँ कतै पनि कमजोर छैन । उहाँले यसअघि पनि सचिवालय, स्थायी कमिटीका बैठकहरु ह्याण्डलिङ गर्नुभएको हो । अब प्रधानमन्त्री डिस्चार्ज भएपछि महत्वपूर्ण बैठकहरु बस्छन्, ती बैठकको नेतृत्व प्रचण्डले गर्नुहुन्छ । उहाँको कार्यकारी भूमिका यथावत छ ।

महाधीवेशनको मिति तोकिएको अवस्था छ । पार्टीभित्र विवाद समाधान हुनुको साटो नयाँ–नयाँ विवाद देखिएको छ, यसलाई कसरी हल गर्नुहुन्छ ?

महाधिवेशनपछि लिडरसिप, विचार, नीति तथा कार्यक्रमहरु सबै हल हुन्छ । अहिले संक्रमणको अवस्था भएकोले नेतृत्व र नीतिमा विवाद छ । अहिले नेकपाभित्र पार्टी र सरकारले राम्रोसँग काम गर्न नसक्नु नीति र नेतृत्वको विवाद नै मुख्य कारण हो भन्ने मलाई लाग्छ ।

अन्त्यमा, अल्पमत र बहुमतको लडाईको चेपुवामा पार्टीभित्र समिकरण भत्किने र बन्ने क्रम जारी रहेको छ । अब नेकपा कसरी अगाडि बढ्छ ?

अर्को महाधिवेशनसम्म जाँदा सहमतिबाटै जानुपर्छ भन्ने पहिलो नीति हो । तर व्यवहारीक रुपले काम गर्दा अलिक बढि संख्या जता हुन्छ उसको निर्णय लागु हुने समझदारी बनिसकेको छ । हाम्रो अभियान भनेको दुई अध्यक्षबीचको सहमतिबाट नै अघि बढ्नुपर्छ भन्ने हो । यसको विकल्प खोजियो भने पार्टीमा समस्या आउन सक्छ । राजनीतिमा कुनै महत्वपूर्ण निर्णय लिँदा नेतृत्वमाथि संकट आउनु स्वभाविक हो ।

खबरडबलीबाट साभार गरिएको

Related Posts

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर
समाचार

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित
हेडलाइन

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग
हेडलाइन

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको
हेडलाइन

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज
हेडलाइन

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै
हेडलाइन

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

२९ फाल्गुन २०७६
जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

२९ फाल्गुन २०७६
एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

२९ फाल्गुन २०७६
एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

२९ फाल्गुन २०७६
२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

२९ फाल्गुन २०७६
उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

२९ फाल्गुन २०७६
Sahara Khabar

सहारा खबर

  • +977-1-4789076
  • info@saharakhabar.com
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 SaharaKhabar.Com | By: HostMero .

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 SaharaKhabar.Com | By: HostMero .