Sahara Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली #उपनिर्वाचन #नेकपा ईन्द्रदेव मन्दिर नारायणगढ छ माया छपक्कै कृषिक्षेत्र व्यवसायिक घांँस खेती माग्ने बुढा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Sahara Khabar
No Result
View All Result

‘ईसेवा’ ११ औं वर्षमा प्रवेश

संघर्ष र सफलताको एक दशक

अपडेट by अपडेट
१४ माघ २०७६
99
SHARES
231
VIEWS
FacebookTwitter
‘ईसेवा’ ११ औं वर्षमा प्रवेश

१४ माघ २०७६, प्यूठान ।
‘क्यासलेस’ अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडी सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ ।
सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको हो । एक दशकको अवधीमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको ईसेवाले विज्ञप्ती मार्फत जनाएको छ । विज्ञप्ती अनुसार अप्रत्यक्ष रूपमा करिब एक करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेका ईसेवा सूचना तथा सञ्चार शाखाले जनाएको छ ।
‘यो एक दशक हाम्रा लागि निकै उत्साहजनक रह्यो । कुराकानीका लागि मात्र सिमित भएको मोबाईललाई हामीले वित्तीय कारोबार गर्नसक्ने बनाउन सफल भएका छौँ ।’ , इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो, ‘आगामी दिनमा पनि हामीले आम जनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जानेछौँ ।’
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

यस्तो छ इसेवाको दशवर्षे संघर्ष र सफलताको उतारचढाव (विज्ञप्तीबाट)
सन् २००९ मा बेटा भर्जन ल्याउँदा इसेवा डेक्स्टप कम्युटर बाट मात्र चलाउन मिल्थ्यो । सुरूमा बजारमा रिचार्जकार्ड सहजै नपाइने अवस्था थियो भने नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स् रिचार्जमा गइसकेको थिएन । इसेवाले टेलिकममा गएर रिचार्ज कार्ड ल्याइ पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर रिचार्ज बेच्ने गर्दथ्यो । त्यसपछि नेपाल टेलिकमले इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स् पनि उपलब्ध गराउन थालेको हो । सुरूमा रिचार्ज कार्ड घोटेर सिस्टमममा पीन राख्नका लागि पनि दर्जनौ कर्मचारी राख्नुपरेको थियो । तर अहिले अत्याधुनिक प्रविधिले रियलटाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिन्छ ।
इसेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर हो । अहिले बुद्ध एयर लगायत अन्य सबै एयरलाइन्स्को टिकट इसेवा मार्फत लिन सकिन्छ । हरेक दिन हजारौँ जनाले इसेवा मार्फत एयरलाइन्स् टिकट लिएर आफ्नो गन्तव्यमा पुग्ने गर्दछन् ।
सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरू गरेको गरेको इसेवा सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट रहेको थियो । २०१२ मा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ । यतिबेला इसेवाको ब्राण्ड कलर निलो बाट परिवर्तन गरी हरियो बनाइएको थियो । २०१३ बाट एजेन्ट मोडलमा गएको इसेवाका २०१४ मा ५ हजार एजेन्ट र एक लाख ग्राहक पुगेका थिए ।
आजको दिनमा इसेवामा मर्चेन्टको संख्या ८० हजार पुगिसेको छ । २०१७ मा इसेवाले मोबाईल एप्लीकेशन मार्फत इन्टरनेट र एसएमएस दुबै भर्र्जनबाट इसेवाका सेवा लिन सकिने प्रणालीको विकास गर्यो । २०१६ मा नेपाल राष्ट्रबैंकले भुक्तानी सेवालाई नियमन गर्ने नीति लिएसँगै इसेवाले नेपाल राष्ट्र बैंकमा इजाजतका लागि निवेदन दिएका थियो । २०१७ मा इसेवाले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो ।
इसेवाले विभिन्न सामाजिक उत्तरदायीत्वका कार्यक्रम पनि गर्दै आएको छ । कम्पनीले हालसम्म विभिन्न विद्यालयलाई डिजिटल बनाउने उदेश्यले करिब ५ सय वटा कम्प्युटर वितरण गरिसकेको छ भने इलाइब्रेरी स्थापना, निशुल्क रूपमा अत्याधुनिक किसिमका शैक्षिक सफ्टवेयर समेत वितरण गरेको छ । यस्तै नेपालको खेल क्षेत्रको विकासका लागि विभिन्न किसिमका सहयोग, खेल तथा खेलाडी प्रायोजन तथा अन्य विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।
तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवान सफ्ट कम्पनी अन्तरगत इसेवासँगै करिब एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस गु्रपले अहिले एक हजार भन्दा बढि दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ । इसेवाले हालसम्म दक्षिण एशीयाली खेलकुद साग, एन्फाका विभिन्न फुटबल म्याच तथा क्रिकेटका ठुला खेलहरूको टिकट विक्री तथा व्यवस्थापन सफल रूपमा गरिसकेको छ ।

Related Posts

सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट
अर्थ खबर

सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट

यूवाहरुको सक्रियतामा सड्क स्तरउन्नती
राष्ट्रिय

यूवाहरुको सक्रियतामा सड्क स्तरउन्नती

मुस्लिम समुदायमा केसीद्धारा मास्क वितरण
राष्ट्रिय

मुस्लिम समुदायमा केसीद्धारा मास्क वितरण

दानवियता हैन मानवियता पेश गरौ …….
राष्ट्रिय

दानवियता हैन मानवियता पेश गरौ …….

प्युठानमा करिब २ सय बेडको क्वारेन्टाइन तयारी अवस्थामा
प्रदेश

प्युठानमा करिब २ सय बेडको क्वारेन्टाइन तयारी अवस्थामा

राष्ट्रिय

झिमरुक गाउँपालिकामा ५ बेडको क्वारेन्टाइन बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

१४ माघ २०७६
जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

१४ माघ २०७६
एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

१४ माघ २०७६
एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

१४ माघ २०७६
२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

१४ माघ २०७६
उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

१४ माघ २०७६
Sahara Khabar

सहारा खबर

  • +977-1-4789076
  • info@saharakhabar.com
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 SaharaKhabar.Com | By: HostMero .

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 SaharaKhabar.Com | By: HostMero .