Sahara Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली #उपनिर्वाचन #नेकपा ईन्द्रदेव मन्दिर नारायणगढ छ माया छपक्कै कृषिक्षेत्र व्यवसायिक घांँस खेती माग्ने बुढा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Sahara Khabar
No Result
View All Result

यूएईमा बस दुर्घटना ३ नेपालीको ज्यान गयो, घाइते १४ जनाको पहिचान खुल्यो

अपडेट by अपडेट
३ माघ २०७६
89
SHARES
207
VIEWS
FacebookTwitter
यूएईमा बस दुर्घटना ३ नेपालीको ज्यान गयो, घाइते १४ जनाको पहिचान खुल्यो

यूएई, ३ माघ ।
यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि अहिलेसम्म ६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये तीन जना नेपालीको ज्यान गएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटना हुँदा तीन जना नेपाली महिलासहित ६ जनाको ज्यान गएको हो । अन्य ज्यान गुमाउनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदार रहेका छन् ।

दुर्घटना गम्भीर भएकाले शव पहिचान गर्न ढिलाइ भएको हो ।
काममा जान २४ जना कामदार चढेको बस दुर्घटना हुँदा घाइते भएका अन्य १४ जनाको पनि नाम र ठेगाना खुलेको छ । घाइते १४ जनामध्ये पाँच जनाको आबुधाबीको खालिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा ईलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै घाइते पाँच जनाको माफ्राक अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्मा ठेगाना नखुलेको छन् । त्यही अस्पतालमा उपचारत चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीवार साँझ नै कम्पनीको क्याम्प फर्किनु भएको छ ।

त्यस्तै अलरहा अस्पतालमा मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा उपचाररत हुनु हुन्छ । घाइते १२ जनाको अवस्था सामान्य रहे पनि नुवाकोटकी सरिता तामाङको अवस्था भने चिन्ताजनक रहेको अस्पताललाई उद्धृत गर्दे दूतावासले जनाएको छ ।
बिहीबार बिहान साढे ५ मा भएको दुर्घटनाबारे दूतावासले जानकारी पाए लगत्तै घटनास्थल र घाइतेहरुको अवस्था बुझ्न दूतावासका उच्च अधिकारीको टोली अस्पताल पुगेको थियो ।

राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्कीलगायत दूतावासका स्थानीय कर्मचारी घाइते उपचाररत अस्पताल पुगेका थिए । बिहीबार राति अबेरसम्म पनि दूतावासका प्रतिनिधि अस्पतालमै थिए ।

अस्पतालमा ट्रमा सेण्टरका चिकित्सक तथा कम्पनीका प्रतिनिधिसँग भेटेर राजदूत ढकालले घाइतेको अवस्थाबारे जानकारी लिनु भएको थियो । घाइते कामदारको उपचारसम्बन्धमा कम्पनीले कुनै कसुर बाँकी नराख्ने जनाएको श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताउनु भयो ।
कम्पनीले दुर्घटनाबारे अन्य कामदारलाई नआत्तिन र सामाजिक सञ्जालमा जथाभाबी नलेख्न अनुरोध गरेको छ । कम्पनीले स्थानीय प्रशासन, अस्पताल तथा सम्बन्धित कामदारका देशका यूएईमा रहेको दूतावाससँग समन्वय गरिरहेको जनाएको छ । कामदार गुमाउँदा कम्पनी पनि शोकमा डुबेको छ ।

गएको असोज दोस्रो हप्ता दुबइ्कोई फर्स्ट सेक्युरिटी कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने कामदार बोकेको बस दुर्घटना हुँदा ६ जना नेपालीसहित आठ जनाको ज्यान गएको थियो ।

Related Posts

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर
समाचार

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

विदेशबाट फर्केका यूवा कृषिमा भविष्य खोज्दै
कृषी

विदेशबाट फर्केका यूवा कृषिमा भविष्य खोज्दै

पूर्व प्रधानाध्यापकद्धारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
समाचार

पूर्व प्रधानाध्यापकद्धारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

ऐरावती गाउँकार्यपालिकाको बैठक ः विभिन्न निर्णयहरु
प्रदेश

ऐरावती गाउँकार्यपालिकाको बैठक ः विभिन्न निर्णयहरु

समाचार

प्यूठानमा गाई काटेको आरोपमा ३ जना पक्राउ

नेकपाले १ पार्टि सदस्यलाइ प्युठानमा पार्टिबाट निष्कासन गर्यो
समाचार

नेकपाले १ पार्टि सदस्यलाइ प्युठानमा पार्टिबाट निष्कासन गर्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

कांग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर

३ माघ २०७६
जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

जमिन भासिन थालेपछि ३३ घर जोखिममा, स्थानीय त्रसित

३ माघ २०७६
एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूको सहयोग

३ माघ २०७६
एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

३ माघ २०७६
२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

३ माघ २०७६
उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

उत्तर लागेका सलह कमजोर बन्दै , भारतबाट आउने खतरा कायमै

३ माघ २०७६
Sahara Khabar

सहारा खबर

  • +977-1-4789076
  • info@saharakhabar.com
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 SaharaKhabar.Com | By: HostMero .

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 SaharaKhabar.Com | By: HostMero .